काठमाडौं। मंगलबारसम्म उच्च विन्दुमा स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको छ। त्यस्तै, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउमा पनि सामान्य वृद्धि भएको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३३.०४ रुपैयाँ रहँदा बिक्री दर १३३.६४ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३३.१० रुपैयाँ र बिक्री दर १३३.७० रुपैयाँ कायम थियो। जुन हालसम्मकै उच्च हो।
यस्तै, १ युरोको खरिद दर आज १४५.७७ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.४३ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४५.७६ रुपैयाँ र बिक्री दर १४६.४१ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.०३ रुपैयाँ र बिक्री दर १६८.७९ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.०० रुपैयाँ र बिक्री दर १६८.७६ रुपैयाँ थियो।