काठमाडौं। सरकारले जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले अस्थायी आवास निर्माणमा आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको हो।
सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यस कार्यका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनशक्ति उपलब्ध गराउने निर्णय समेत भएको जानकारी दिइन् । उनले प्रभावितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गरिने बताइन् ।