झापा। जिल्लाको भद्रपुर नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने सन्थाल जातिको लागि आवास निर्माण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा ‘नगरप्रमुखसँग सन्थाल आवास कार्यक्रम’ सञ्चालनमा ल्याई आवास निर्माण गर्न लागेको हो ।
नगरपालिकाले चालु आवमा विपन्न सन्थाल जातिको आवास निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको जनाएको छ । आर्थिक अवस्था कमजोर भएका २६ सन्थाल जातिका लागि जस्ताको छाना लगाएर घर निर्माण गरिने छ। यसका लागि दुई करोड बजेट विनियोजन समेत गरिएको छ।
सन्थाल जाती बसोबास विशेषगरी झापा, मोरङ, सुनसरीमा लामो समयदेखि बसोबास गर्ने आदिवासी समुदाय हो ।