भोजपुर। हतुवागढी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरिएको छ। प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
नयाँ भवन निर्माण भएपश्चात सेवा प्रवाहमा सहज हुने अध्यक्ष राईले बताए । उनले भने, “प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या छ। नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ।”
२ वर्षभित्र भवन निर्माण भइसक्ने गरी शिलान्यास गरिएको ४ तले प्रशासनिक भवनको लागत ७ करोड ५० लाख ४४ हजार १३७ रुपैयाँ रहेको छ ।