काठमाडौं। आज अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको बिक्री दर हालसम्मकै उच्च १३३.७४ रुपैयाँ र खरिद दर १३३.१४ रुपैयाँ पुगेको छ।
आज १ युरोको खरिद दर १४५.२८ रुपैयाँ र बिक्री दर १४५.९४ रुपैयाँ छ। हिजो १ युरोको बिक्री दर १४६.६५ रुपैयाँ थियो भने खरिद दर १४५.९९ रुपैयाँ थियो।
यस्तै, हिजो १ पाउण्डको बिक्री दर १६९.४३ रुपैयाँ रहेकोमा आज भाउ घटेर १६८.९८ रुपैयाँ कायम भएको छ। आज युरोको बिक्री दर १६८.२२ रुपैयाँ रहेको छ।