दैलेख। भैरवी गाउँपालिका–१ जलजलेको पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु गरिएको छ। सरकारले यसअघि भैरवी गाउँपालिका–१ जलजलेमा जग्गा अधिग्रहणको काम सकेपछि रुख कटानको काम सुरु गरिएको हो।
प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाएको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रवद्र्धन आयोजनाले जनाएको छ। विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले डिलिङका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका मोड मिलाउने सहमति अनुसार काम अघि बढेको छ।
पेट्रोलियम पदार्थ उत्खनन्का गर्न कर्णाली राजमार्गबाट सहज भए माघबाट दैलेखमा पेट्रोलियम पदार्थ डिलिङको अर्को चरणको काम सुरु हुने समेत बताइएको छ । दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण २०७६ साल असोजदेखि सुरु गरिएको थियो ।