इटहरीमा विपद तथा संकट परेको समयमा तत्काल आबश्यक पर्ने खाद्यान्न उपलब्ध गराउने उद्धेश्यले फुड बैंक स्थापना हुने भएको छ। इटहरी उपमहानगरपालीका वडा नं. १० डुमाकोटमा एक करोड भन्दा माथीको लागतमा निर्माण हुने फुड बैंकको नगरप्रमुख र ग्लोवल सर्भिस टिम मल्टीपल डिष्ट्रिक कोडिनेटले सयुक्त रुपमा शिलान्यास गरेका छन्।
शिलान्याससँगै कोरोनाका कारण खाना बाट बन्चीत भएका तत्कालको अवस्थामा आर्थीक हिसावले कमजोर रहेका परिवारहरुलाई छनौट गरी स्थानीय ६० घरपरिवारलाई २० केजीका दरले चामल लगाएतका आवश्यक खाद्यान्न वितरण गरिएको छ। भावी संकटलाई मध्यनजर गरी इटहरीमा फुड बैंक स्थापना हुनु गौरवको कुरा भएको कार्यक्रमका प्रमुख अतिथिले जानकारी दिनु भयो।
कार्यक्रमका अध्यक्षका अनुसार उक्त फुड बैंक इटहरी उपमहानगरपालीका क्षेत्रमा सक्रिय २१ लायन्स क्लव र लियो क्लवहरुको सक्रियतामा स्थापना हुन लागेको हो। भवन शिलान्यास कार्यक्रममा लायन्स क्लवका टिम लगायलका अतिथिहरुले आयोजक कमिटिलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए।