काठमाडौं। ललितपुर जिल्लाको हरिसिद्धीमा रहेको एक मन्दिरबाट मूर्ति चोरी भएको छ। ललितपुर हरिसिद्धीमा रहको नारायण भगवानको मुल मूर्ति मंगलबार राति चोरी भएको हो।
पाखचा टोलको नारायण मन्दिर परिसरमा रहेको सीसीटीभी क्यामेरा करिब दुई महिना अघि फुटाइएको स्थानीयले बताएका छन् ।
मूर्ति चोरी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरको टोली अनुन्धानका लागि खटिएको छ।
हरिसिद्धिकै पाखचा टोलमा भएको नारायण भगवानकै अर्को मन्दिरमा पनि मंगलबार राति नै मूर्ति चोर्ने प्रयास भएको छ।