काठमाडौं। शुक्रबार अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनायो। शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको डलरको मूल्य अहिले थोरै घटेको छ।
आज १ अमेरिकी डलरको बिक्री दर १३३.५७ रुपैयाँ तय भएको छ भने खरिद दर १३२.९७ रुपैयाँ छ। शुक्रबार १ डलर १३३.७४ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज १ युरोको बिक्री दर १४५.५० र खरिद दर १४४.८४ रुपैयाँ छ। १ युरोको खरिद दर आन १६८.२७ रुपैयाँ र बिक्री दर १६९.०३ रुपैयाँ कायम भएको छ।