काठमाडौं। अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो घटेको छ भने बेलायती पाउण्ड स्टर्लिङको भाउमा सामान्य वृद्धि भएको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९७ रुपैयाँ रहँदा बिक्री दर १३३.५७ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४४.७१ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.३६ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४४.८४ रुपैयाँ र बिक्री दर १४५.५० रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.९० रुपैयाँ र बिक्री दर १६९.६६ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.२७ रुपैयाँ र बिक्री दर १६९.०३ रुपैयाँ थियो।