बर्दिया। बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरमा चिनी कारखाना निर्माण गर्न सुरु गरिएको छ। राजापुर सुगर एण्ड केमिकल्स इण्डिष्ट्रिज प्रालिले उद्योगसम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण सकेर शनिबार सार्वजनिक सुनवाईपछि चिनी कारखानाको काम सुरु गरेको हो।
करिब दुई करोडको लगानीमा चिनी कारखाना बनाउन थालिएको हो। पश्चिम तराईको बर्दियाको राजापुरमा धान उत्पादन हुने क्षेत्रमा चिनी कारखाना बन्न थालेपछि स्थानीय किसान खुसी भएका छन् । थोरै लगानीमा बढी आम्दानी हुने भन्दै किसानले उखु खेती लगाउन थालेको स्थानीय किसान बताउँछन्।