मुगु। रारा विमानस्थलमा नेपाल एयरलाइन्सको टुइनेटर विमानमा समस्या भएपछि ग्राउन्डेड गरिएको छ । नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो ।
उक्त जहाज तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे रारा विमानस्थल पुगेको थियो । राराबाट नेपालगञ्ज फार्किने बेला जहाजमा समस्या आएको हो।
जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएको बताइएको छ।
नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज आज नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसनले जनाएको छ ।