काठमाडौं। मकवानपुरमा जनता आवास कार्यक्रमअन्तर्गत ७५ घर निर्माण सम्पन्न भएका छन्। एक सय ९७ घरको सम्झौता भएकामा ७५ घर निर्माण भएका हुन्।
दुई सय घर बनाउने लक्ष्य राखेर बजेट विनियोजन भए पनि तीन घरको सम्झौता गर्न नआएका सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ ।
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ बनाएर बागमती प्रदेश सरकारले विपन्न, गरिबको घर बनाउने लक्ष्य राखेको र एक सय ९७ जनाले हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयमा सम्झौता गरेको बताइएको छ।