काठमाडौं। आज अमेरिकी डलर र युरोपियन युरोको भाउ बढेको छ। बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ।
आज १ अमेरिकी डलरको बिक्री दर १३३.६९ रुपैयाँ र खरिद दर १३३.०९ रुपैयाँ रहेको छ। हिजो १ डलरको बिक्री दर १३३.५७ रुपैयाँमा स्थिर रहेको थियो।
यस्तै, हिजो १ युरोको बिक्री दर १४५.३६ रुपैयाँ रहेकोमा आजको बिक्री दर १४५.४४ रुपैयाँ रहेको छ। आज १ युरोको खरिद दर १४४.७९ रुपैयाँ छ।
आज १ पाउण्डको खरिद दर १६८.७९ रुपैयाँ र बिक्री दर १६९.५५ रुपैयाँ कायम भएको छ। हिजो १ पाउण्डको खरिद दर १६९.६६ रुपैयाँ थियो।