काठमाडौं। अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउमा सामान्य गिरावट आएको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३३.१२ रुपैयाँ रहँदा बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ। मंगलबार खरिद दर १३३.०९ रुपैयाँ र बिक्री दर १३३.६९ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४४.१२ रुपैयाँ पुगेको छ। बिक्री दर १४४.७७ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४४.७९ रुपैयाँ र बिक्री दर १४५.४४ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.१६ रुपैयाँ र बिक्री दर १६८.९२ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.७९ रुपैयाँ र बिक्री दर १६९.५५ रुपैयाँ थियो।