काठमाडौं। शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले उत्पादन गरेको क्लिंकर भारत निर्यात गर्न सुरु गरिएको छ। सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा क्लिंकर निर्यातको सुरुवात गरिएको हो।
उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिंकर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरिय चुनढुङ्गा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृत भई निर्यात गर्न सफल भएको कम्पनीको दावी छ ।
२०७८ माघबाट व्यावसायिक उत्पादन सुरुवात गरको उद्योगको क्षमता ३००० मेट्रिक टन रहेको छ । व्यावसायिक घराना शंकर ग्रु, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।