सुनसरी। इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋणसम्बन्धी कारोबार गर्न रोक लगाएको छ । सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै उपमहानगरले आर्थिक कारोबार गर्न प्रतिबन्ध लगाएको हो ।
उपमहानगरले सोमबार वडा कार्यालयमार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई परिपत्र जारी गर्दै बचत तथा ऋणसम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको छ । १३ औं नगरसभाबाट टोल विकाससँग सम्बन्धित नयाँ नीति तथा कार्यक्रम अवलम्बन गरिएकोले बचत तथा ऋणको कारोबार गर्दै आएका टोल विकास संस्थाहरूलाई अब उप्रान्त कारोबार नगर्नरनगराउन आग्रह गरेको उपमहानगरले जनाएको छ।
हाल इटहरी उपमहानगरका २० वटा वडामा टोल विकास संस्थाहरू सञ्चालनमा रहेका छन् । ती संस्थाहरूले मासिक रूपमा सयदेखि पाँच सय रुपैयाँसम्म बचत संकलन गर्दै आएका छन् ।