काठमाडौं। नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धक कम्पनी हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो ।
बाँडफाँटका क्रममा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । १२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएकोमा ११ लाख ९१ हजार ९८८ को आवेदन मात्रै प्रक्रिया पूरा भएको थियो । आवेदन प्रक्रिया पूरा भएर पनि १० लाख ७७ हजार ८६३ जनाको हात रित्तो भएको छ । कम्पनीले जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत रकमको सर्वसाधारण समूहको सेयर निष्कासन गरेको थियो ।
अन्नबाली, उद्योग तथा मिलहरुका खाद्यान्न सामाग्री लामो समयसम्म भण्डारण गर्नका लागि आधुनिक प्रविधियुक्त गोदामको सेवा यस कम्पनीले प्रदान गर्दछ । त्यस्तै आधुनिक प्रविधिबाट खाद्यान्नको सफाई तथा केलाई गर्ने, खाद्यान्नहरुको प्रयोगशालामा गुणस्तर परीक्षण गर्ने, खाद्यान्नको तापमान नियन्त्रण गर्नेजस्ता कार्य कम्पनीले गर्दछ ।