काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेका छन् । कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्नका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।
आफ्नो सेयरधनी सदस्यहरूका लागि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाएका कम्पनीले जानकारी दिएका छन् ।
तेह्रथुमले १ बराबरको १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी पुस २१ गते हुने छैठौं साधारणसभाले पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।