काठमाडौं। उद्योगपति मोतीलाल दुगड अमेरिकाको प्रतिष्ठित मेरिल्यान्ड जनरल एसेम्ब्लीबाट सम्मानित भएका छन् । एमभी दुगड ग्रुपका अध्यक्ष रमेत रहेका दुगडले विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सिर्जनामा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको प्रवासी नेपाली समाजले सम्मान गरेको हो ।
दुगडलाई यो सम्मान मेरिल्यान्ड राज्यको बाल्टीमोर काउन्टीद्धारा प्रदान गरिएको हो । सम्मान पत्रमा भनिएको छ, ‘नेपालमा १३० वर्ष भन्दा बढी समयदेखी मानवीय सहायता, रोजगारी सिर्जना तथा आर्थिक वृद्धिमा समर्पण र सहयोग पुर्याएबापत अमेरिकी प्रवासीले यो सम्मान प्रदान गरेको छ।’
एमभी दुगड ग्रुपअन्तर्गत दर्जनौँ उद्योग, फर्म तथा कम्पनीमार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लागिरहेका छन् । नेपालको जलविद्युत, सिमेन्ट उत्पादन, खाद्यान्न, बैंकिङ, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरणलगायत आयात तथा बेचबिखन कार्य गरिरहेको यो समूह नेपालको एक चिरपरिचित व्यावसायिक समूह हो ।