काठमाडौं। आज अमेरिकी डलरको मूल्य थौरै बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य थोरै घटेको छ।
हिजो १३३.६३ रुपैयाँमा बिक्री भएको अमेरिकी डलरको मूल्य आज १३३.६७ रुपैयाँ कायम भएको छ। आज १ अमेरिकी डलरको खरिद दर १३३.०७ रुपैयाँ छ।
यस्तै, आज १ युरोको बिक्री दर १४३.९७ र खरिद दर १४३.३२ रुपैयाँ छ। हिजो १ युरोको बिक्री दर १४४.१३ रुपैयाँ थियो।
आज १ पाउण्डको बिक्री दर १६८.२० र खरिद दर १६७.४४ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको बिक्री १६८.२३ रुपैयाँ थियो।