काठमाडौं। सप्तरीमा रहेको महदेवा फ्युज सेवा कार्यालयको उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरण, मदेश प्रदेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले सप्तरीमा रहेको महदेवा फ्युज सेवा कार्यालयको उद्घाटन गरेका हुन्।
प्राधिकरण कन्चनपुर वितरण केन्द्र अन्तर्गत निर्माण भएको कार्यालयको (मंसिर २० गते) उद्घाटन गरेका हुन्।
फ्युज सेवा सञ्चालनले महदेवा गाउँपालिकाका वडा नम्बर २ देखि ६ सम्मका महदेवा, अकवर्पुर, लाउँगी टोल, बाथनहा, पर्साही , भगवतपुर, दुर्गापुर मझौराका ग्राहकहरुमा सहज र गुणस्तर विद्युत् सेवा उपलब्ध हुनेछ ।
यसैगरी, तिरहुत गाउँपालिका केही स्थान र अग्निसाईर कृष्णश्वबन् गाउँपालिकाका बनौलीका करिब ७००० ग्राहकले भरपर्दो बिजुली पाउने विश्वास लिइएको केन्द्रले जनाएको छ ।