काठमाडौं। महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द गरिएको छ । सडक स्तरोन्नतिको काम भइरहेकाले उक्त सडक बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो ।
मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको र निर्धारित समयसीमाभित्र सडकको काम पूरा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गरिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले जानकारी दिए।
इन्द्रसरोवर गाउँपालिकाको महालक्ष्मी दोभान, घट्टेखोला, चखेल, मकबारी, देउरालीसँगै मातातीर्थमा निर्माणको काम भइरहेको छ । विशेष गरी मातातीर्थ खण्डका मोडहरूमा ढलान सुरु गरिने र पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नुपर्ने भएको बताइन्छ ।