काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको विकट गुम्बागाउँमा बिजुलीको सुविधा पुगेको छ। गत वर्ष सुरु भएको विद्युतीकरण कार्यक्रमअन्तर्गत जुगलका लेकालीगाउँ अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली पुगेको हो।
प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद माधव सापकोटाले मङ्गलबार उद्घाटन गरेका हुन्। विकट गाउँमा बिजुलीको सुविधा पुगेपछि स्थानीय खुशी भएका छन्।