धनगढी। चार सय केभीको पश्चिम सेती (बझाङ–वनलेक–दोदोधरा) विद्युत प्रसारण लाइन छिट्टै निर्माण गरिने प्रतिबद्धता जनाएको छ। उक्त आयोजना निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सङ्घीय सरकारले प्रतिबद्धता जनाएको हो।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग गरेको भेट र छलफलको क्रममा सो लाइन छिट्टै निर्माण गर्नका लागि प्रतिबद्धता जनाइएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले यो लाइनको अध्ययन गरिरहेको छ । सुदूरपश्चिम प्रदेशको विकासको लागि आवश्यक यो प्रसारण लाइन भारतीय इक्जिम बैङ्कको ऋण सहयोगमा बन्नेछ ।