तनहुँ। तनहुँको मादी नदी नियन्त्रणका लागि तटबन्धन निर्माण कार्य भइरहेको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा व्यास नगरपालिका–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब १६ किलोमिटर दूरीमा तटबन्धन निर्माण कार्य भइरहेको हो ।
जिल्लस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत वर्ष मादी नदीमा आएको बाढीले मानव बस्ती आसपासका क्षेत्र कटान गरी उच्च जोखिम बनाएपछि संरक्षणका लागि तटबन्धन निर्माण थालिएको जनाएको छ ।
पहिलो चरणअन्तर्गत सिसाघाटदेखि चिन्तुटारसम्म र दोस्रो चरणअन्तर्गत गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्धनका काम भइरहेकोछ। दुवै चरणको गरी हालसम्म ४८ प्रतिशत कार्य प्रगति भएको छ ।
विसं २०८१ भदौ ५ गतेभित्र योजना सम्पन्न गर्ने गरी सम्झौता गरी निर्माण कार्य अघि बढेको छ।