काठमाडौं। साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरिएको छ। साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो।
सूचना प्रथम पटक प्रकाशित मितिले ३५ दिनभित्र यातायातको प्रधान कार्यालय ललितपुरमा रीतपूर्वक दरखास्त आह्वान गरिएको छ।
दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ ।
त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको, दरखास्त दिने अन्तिम मितिसम्म पैँतिस वर्ष उमेर पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म अन्ठाउन्न वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।