काठमाडौं। भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।त्यस्तै कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ ।
साधारणसभाका लागि पुस ५ गते बुक क्लोजको मिति तय गरेको छ । पुस ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांश पाउनका लागि योग्य हुनेछन् । हाल कम्पनीको सेयर मूल्य आइतबार बजार बन्द हुँदा प्रतिकित्ता ४४१ रुपैयाँ छ ।