काठमाडौं। मंसिर १५ गते डलरको मूल्य आजसम्मकै उच्च विन्दुमा पुग्यो। सो दिन नयाँ रेकर्ड बनाउँदै १ डलरको बिक्री दर १३३.७४ रुपैयाँ पुगेको थियो। त्यसयता घट्दै गएको डलरको मूल्य १२ दिन पछि आज फेरि १३३.७४ रुपैयाँ नै पुगेको छ।
आज युरोपियन युरोको मूल्य थोरै बढेको छ। हिजो १ युरोको बिक्री दर १४३.९२ रुपैयाँ रहेकोमा आज १४३.९८ रुपैयाँ रहेको छ। आज १ युरोको खरिद दर भने १४३.३३ रुपैयाँ रहेको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि बढेको छ। आज १ पाउण्डको बिक्री दर १६८.२३ रुपैयाँ र खरिद दर १६७.४८ रुपैयाँ कायम भएको छ। हिजो १ पाउण्डको बिक्री दर १६७.७९ रुपैयाँ थियो।