काठमाडौं। अमेरिकी डलरको मूल्य आज थौरै घटेको छ। आज युरोपियन युरोको मूल्य बढ्दा बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ।
हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.७४ रुपैयाँ थियो। १३ दिन अघि डलरले यही मूल्यमा पुगेर रेकर्ड बनाएको थियो। आज १ अमेरिकी डलरको बिक्री दर १३३.७३ रुपैयाँ र खरिद दर १३३.१३ रुपैयाँ रहेको छ।
१ युरोको बिक्री दर आज १४४.४२ र खरिद दर १४३.७७ रुपैयाँ कायम भएको छ। हिजो १ युरोको बिक्री दर १४४.४२ रुपैयाँ थियो।
यस्तै, हिजो १ पाउण्डको बिक्री दर १६८.२३ रपैयाँ रहेकोमा आज १६८.११ रुपैयाँ तय भएको छ। आज १ पाउण्डको खरिद दर भने १६७.३५ रुपैयाँ छ।