काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण सेयर आजबाट निष्काशन हुने भएको छ। अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले सेयर खुला गरेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई यसअघि नै सेयर बाँडफाँट गरिसकेको छ। कम्पनीले आज सूचना जारी गरि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने जनाएको छ। सेयर निष्काशन पुस १ गते बन्द हुने कम्पनीले जनाएको छ। त्यो अवधिसम्म शेयर बिक्री नभए ढिलोमा पुस ११ गतेसम्मका लागि शेयर आवेदन खुला हुने जनाएको छ।