काठमाडौं। अमेरिकी डलरको मूल्यले आज फेरि रेकर्ड बनाउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ।
आज १ अमेरिकी डलरको बिक्री दर हालसम्मकै उच्च १३३.७५ रुपैयाँ पुगेको छ। आज अमेरिकी डलरको खरिद दर १३३.१५ रुपैयाँ छ।
१ युरोको बिक्री दर हिजो १४४.४२ रुपैयाँ रहेकोमा आज १४४.१६ रुपैयाँ रहेको छ। आज १ युरोको खरिद दर १४३.५२ रुपैयाँ छ।
यस्तै, आज १ पाउण्डको बिक्री दर १६७.५० रुपैयाँ र खरिद दर १६६।७४ रुपैयाँ छ। हिजो १ पाउण्डको बिक्री दर १६८.११ रुपैयाँ थियो।
जापानी येनको भाउ पनि आज बढेको छ। हिजो ९.१८ रुपैयाँ बिक्री दर रहेको जापनी येनको मूल्य आज ९.२१ रुपैयाँ छ।