काठमाडौं। जय अम्बे स्टील्सले सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ।
कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकको निर्णयले सो प्रस्तावसहित सभा आह्वान गरेको हो। कम्पनीको साधारण सभा पुस २६ गते बिहीबार ११ बजे कर्पोरेट कार्यालयबाट सञ्चालन गरिने जनाइएको छ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्दै छ। यसका साथै कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने, संचालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पनि सभाबाट अनुमोदन गरिने छ।