काठमाडौं। नेपाली सेनाले विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ । सेनाले सूचना प्रकाशन गर्दै प्राविधिक, हवाई लगायत विविध सेवामा रिक्त १२५ कर्मचारी मागेको हो ।

सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही संख्यामा कर्मचारी मागेको छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।