काठमाडौं। हिजो हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड बनाएको अमेरिकी डलरको मूल्य आज घटेको छ। डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ।
आज १ अमेरिकी डलरको बिक्री मूल्य १३३.६४ रुपैयाँ र खरिद दर १३३.०४ रुपैयाँ छ। हिजो १ डलरको बिक्री दर १३३.७५ रुपैयाँ पुगेको थियो।
आज १ युरोको बिक्री दर १४५.९३ रुपेयाँ र खरि दर १४५.२८ रुपैयाँ तय भएको छ। हिजो १ युरोको बिक्री दर १४४.१६ र खरिद दर १४३.५२ रुपैयाँ थियो।
यस्तै, हिजो १६७.५० रुपैयाँमा बिक्री भएको युरोको मूल्य आज बढेर १६९.२९ रुपैयाँ पुगेको छ भने खरिद दर १६८.५३ रुपैयाँ रहेको छ।
आज सिंगापुर डलरको मूल्य पनि घटेको छ। हिजो १ सिंगापुर डलरको बिक्री मूल्य १००.५२ रहेकोमा आज ९९.४३ रुपैयाँ कायम भएको छ।