म्याग्दी। म्याग्दी जिल्लाको बेनी नगरपालिकामा पूर्वाधार विकासतर्फ साढे ६ करोड बजेट ७ ठूला योजनामा विनियोजन गरिएको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०८०र८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको हो ।
बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र गौरवका योजनाका रूपमा छनोट भएका सबै योजनालाई ठेक्कामार्फत कार्यान्वनय गर्न लागिएको छ । सातवटा योजनामध्ये चारवटा योजना ठेक्का सम्झौता भएर कार्यान्वनयको चरणमा रहेको र तीनवटा ठेक्का सम्झौताको चरणमा रहेको कार्यालयले जनाएको छ।