सल्यान। सल्यानको छत्रेश्वरी गाउँपालिकामा १० दिने डकर्मी तालिम सुरु भएको छ ।
सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाअन्तर्गत गाउँपालिकाले डकर्मी तालिम सञ्चालन गरेको हो।
विशेष गरेर शौचालय निर्माणलाई जोड दिँदै तालिममा संरचना निर्माणका लागि उपयुक्त स्थानको छनौट, नक्सा, संरचना प्रणाली, निर्माण सामग्रीको गुणस्तर, सामग्रीको प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
तालिमअन्तर्गत स्तरीय शौचालय नभएका तथा शौचालय नै नभएका गाउँपालिकाभित्रका २० वटा घरधुरीमा शौचालय निर्माण गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ। ती घरहरूमा प्रशिक्षकहरू सँगै सहभागी प्रशिक्षार्थहरूले शौचालय निर्माण गर्नेछन् ।