काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण सेयरमा आवेदन दिने मिति थप भएको छ। कम्पनीले खुला गरेको सेयरमा पर्याप्त आवेदन नपरेपछि पुस ११ गतेसम्मका लागि मिति थप गरिएको हो।
मंसिर २६ गते सेयर बिक्री रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर रिटमा अन्तरिम आदेश जारी अस्वीकार भएसँगै मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरिएको थियो।
कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने जनाएको छ। कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ।
अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले सेयर खुला गरेको हो।