बागलुङ। बागलुङ जिल्लाको गलकोट नगर अस्पताललाई विद्युतीय शव गृह प्रदान गरिएको छ। गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शव गृह सहयोग गरेका हुन् ।
बस्नेत परिवारले ८ लाख बढीको विद्युतीय शव गृह नगर अस्पताललाई सहयोग गरेको हो ।
अस्पतालमा विद्युतीय शव गृह नहुँदा सडेको शव परीक्षण गर्नु परिरहेको थियो। शव गृह प्राप्त भएपछि अब अस्पतालको काममा सहज हुने बताइएको छ।
विद्युतीय शव गृह सहयोगकर्ता बस्नेतले अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने बताएका छन् । पश्चिम बागलुङका ६ पालिकाका स्वास्थ्य संस्थामा एउटा पनि विद्युतीय शव गृह छैन । सदरमुकामस्थित धौलागिरि अस्पतालमा शव राख्नुपर्ने बाध्यता थियो ।