पर्सा। बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द भएको छ। आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेका हुन्।
यस कोरिडोमा १२ उद्योग सञ्चालनमा थिए जसमध्ये चारवटा बन्द भएका छन् । बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग बाणिज्य सङ्घले जनाएको छ । बैंकहरुको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुक्तानी नगरिएका कारण समस्या उत्पन्न भएको संघको भनाइ छ। सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग बन्द भएको बताइएको छ।
यस क्षेत्रका चार वटा सिमेन्ट उद्योग बन्द हुँदा यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर समेत कामबिहीन हुन पुगेका छन्।