काठमाडौं। रुरु जलविद्युत् परियोजना लिमिटेडले साधारणा सभा बोलाएको छ। सञ्चालक समितिको पुस १ गते बसेको बैठकले पुस २५ गतेको लागि साधारणा सभा बोलाएको हो ।
साधारण सभामा कम्पनीले आफ्ना सेयरधनी सदस्यहरुलाई १०.५२६ प्रतिशत नगद लाभांश पारित गर्ने छ। कम्पनीका अनुसार साधारण सभामा आर्थिक वर्ष २०७९/८० अवधिको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफारनोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गर्नेछ ।
कम्पनीले आयाजना गरेको साधारण सभा पुस २५ गते हुनेछ । कम्पनीको गुल्मी ५ मेगावाटको हुग्दी खोला सञ्चालनमा छ ।