बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । सडक बनाउने क्रममा स्थानीयसँग घूसबापत ५ लाख लिएको उजुरीका आधारमा अध्यक्ष तारा कार्की पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कार्कीलाई सेवाग्राहीसँग ५ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको उपमहानगरपालिकाका सूचना आधिकारी रामेश्वर बन्जाराले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरेको हो ।