काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका विभिन्न सेवा, समूह तथा उपसमूहमा कार्यरत १० जना कर्मचारी निर्देशकमा बढुवा भएका छन्। प्राधिकरण बढुवा सिफारिस समितिले सोमबार ज्येष्ठता, कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनका आधारमा १० तहका १० जना कर्मचारीलाई ११ तहमा बढुवा गरेको हो
बढुवा हुनेमा छविलाल गैरे, थर्कबहादुर थापा, राजा भाई शिल्पकार, मुनिन्द्र ठाकुर, रन्जु पाण्डे, केदार राज सिलवाल, श्रीराम पोखरेल, जुजुरत्न शाका, मिलन दाहाल, चन्दनकुमार घोष रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले गत कात्तिक २४ गते सूचना प्रकाशन गरी बढुवाका लागि आवेदन माग गरेको थियो । आवेदकहरूमध्ये सेवा, शर्त विनियमावली, २०७५ को विनिमय ५८ मा भएको व्यवस्था बमोजिम ज्येष्ठता, कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा गरिएको प्राधिकरणले जनाएको छ ।