काठमाडौं। काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री राख्ने एक जनालाई जरिवाना तिराएको छ।
काठमाडौं महानगरपालिका–३१ का रणबहादुर चन्दले सडक पेटीमा निर्माण सामाग्री राखी सवारी तथा पैदल यात्रीलाई अवरोध गरेको भन्दै महानगरपालिकाले २५ हजार जरिवाना तिराएको हो ।
यात्रुलाई असहज हुने गरी सडक पेटीमा सरसामान राखेपछि स्थानीयलाई समस्या भएको भन्दै काठमाडौं नगर प्रहरी बलले सो जरिवाना तिराएको हो ।