काठमाडौं। सेयर मूल्य लगातार बढिरहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश पारित गर्न वार्षिक साधारणसभा डाकेको छ।
इन्भेष्टमेन्ट कम्पनीका रुपमा सूचिकृत पहिलो कम्पनीले सेयर जारी गरेको केही समयमै लाभांश घोषणा गरेको थियो। लाभांश पारित गर्न कम्पनीले पुस २६ गते वार्षिक साधारणसभा डाकेको हो।
कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने छ। कर भुक्तानीका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने छ।
साधारणसभाले सर्वसाधारण सेयरधनीबाट दुई जना सञ्चालक चयन गर्ने भएको छ। साधारणसभाले बोनस सेयर पारित गरेपछि चुक्ता पुँजी एक अर्ब २८ करोड ७० लाख रुपैयाँ पुग्ने छ।