रुकुम पश्चिम। जाजरकोट भूकम्पबाट क्षतिग्रस्त रुकुम पश्चिमकासाढे १३ हजार प्रभावितले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता प्राप्त गरेका छन् । रुकुम पश्चिमका ६ वटै पालिकाका १३ हजार ३८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।
आठबिसकोट नगरपालिकामा ५ हजार ३०० प्रभावितले पहिलो किस्ताबापतको रकम पाएका छन् । मुसिकोट नगरपालिकामा सबैभन्दा कम ५९ जना लाभग्राहीले पहिलो किस्ता पाएका छन् । त्यस्तै पालिकामा २ हजार ७६५ वटा अस्थायी आवास निर्माण भइसकेका छन भने, ३ हजार ५५५ वटा आवास निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।
बुधबारसम्म ४ हजार ७४२ लाभग्राहीलाई पहिलो किस्ता दिइएको छ।