काठमाडौं। विन्ध्यवासिनी हाइइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ५.२३ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीको संचालक समितिको पुस ३ गते बसेको बैठकले लाभांशको निर्णय गरेको हो। सेयरधनीले कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि नगद लाभांश पाउनेछन्।
कम्पनीले लाभांशको प्रस्ताव पारितका लागि पुस २६ गते साधारण सभा आह्वान गरेको छ भने पुस १७ गते बुक क्लोज मिति तोकेको छ।