काठमाडौं। बिहीबार अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घट्दा युरोपियन युरो बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.७८ रुपैयाँ रहँदा बिक्री दर १३३.३८ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४५.२७ रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.९३ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४५.२० रुपैयाँ र बिक्री दर १४५.८६ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.०३ रुपैयाँ र बिक्री दर १६८.७९ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.६९ रुपैयाँ र बिक्री दर १६९.४५ रुपैयाँ थियो।