काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो।
धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई एक सय शय्यामा स्तरोन्नति गरिने बताइएको छ। स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित एक हजार छ सय ६९ जना कर्मचारीको सङ्गठन संरचना स्वीकृत गरिएको छ ।
बैठकबाट सिन्धुपाल्चोक र रामेछाप अस्पतालका साथै दोलखाको पशुपति चौलागाईं र काभ्रेको मेथिनकोट अस्पताललाई पचासरपचास शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको जनाएको छ।