कास्की। पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् । आज बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन् ।
विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेका छन्। काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको बुद्ध एयरले जनाएको छ।
यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो भन्ने बारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका छन्।